१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मतदान गर्न सहज हुनेगरी मतपत्र बनाउन प्रधानमन्त्रीको निर्देशन


0
Shares

प्रधानमन्त्री देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी मंसिरमा सन्चालन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिने मतपत्रको प्रारम्भिक ढाँचाका सम्बन्धमा भएको छलफलमा प्रधानमन्त्री देउवाले उक्त सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन सम्पन्न गर्न छोटो समय उपलब्ध भएको सन्दर्भमा मतपत्र छोटो समयमै छपाइ गरी मतदान केन्द्रसम्म पुर्‍याउन सकिनेगरी आयोगले मतपत्रको प्रारम्भिक ढाँचा तयार गरेको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट प्रस्तुत् विचारलाईसमेत ध्यान दिएर आयोगले मतपत्र तयार गरी छपाइ गर्ने बताएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

छलफलमा प्रमुख राजनीतिक दलका नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पूर्णबहादुर खड्का, राजेन्द्र पाण्डे र डा. मीनेन्द्र रिजालको सहभागिता थियो ।

साथै, निर्वाचन आयुक्तहरु ईला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि छलफलमा उपस्थित थिए । रासस