मत गणना जारी भएका स्थानबाट पहिलो प्रारम्भिक नतिजाहरु पनि प्राप्त हुन थालेको छ । पर्साको ठोरी गाउपालिकामा एमाले र माओवादी केन्द्रवीच ठक्कर छ । काँग्रेस पछि परेको छ ।
सिरहाको कल्याणपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र राजपा प्रतिस्पर्धामा देखिएका छन् । लहान नगरपालिकामा राजपाले अग्रता लिएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । धनुषाको मिथिला नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने एमालेले पछ्याइरहेको छ । धनुषाधाम नगरपालिमामा भने कांग्रेसले अग्रता लिएको छ ।
हंशपुर नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । महोत्तरीको एकडार गाउँपालिकामा पनि फोरम नै अगाडी देखिएको छ ।
महोत्तरीको दुई नगरपालिकामा काँग्रेसले आग्रता हाँसिल गरेको छ । जिल्लाको भँगाहा र रामगोपालपुर नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका हुन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । काँग्रेस र एमाले पछ्याइरहेका छन् ।
सप्तरीमो सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले पहिलो स्थानमा छ भने नेकपा (एमाले) र नेपाल लोकतान्त्रिक फोरम पछ्याइरहेका छन् ।
यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताए ।




प्रतिक्रिया दिनुहोस्