
सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।
वीरगन्ज महानगरपालिका–१ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
पर्सामा १४ स्थानीय तह रहेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० ओटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्