१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


राजविराजबाहेक १३५ ओटै स्थानीय तहको मतगणना जारी


0
Shares

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार १३६ स्थानीय तहमध्ये १३५ ओटा स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राजविराज नगरपालिकाको वडा नम्बर–१५ का राष्ट्रिय जनता पार्टी नेपालका वडाध्यक्ष पदका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछिमात्रै राजविराज नगरपालिकाको मतगणनाकार्य सुरु हुनेछ । रासस