१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मतपत्र च्यात्ने भयः तारजालीभित्र यसरी हुँदैछ मतगणना (भिडियो)


0
Shares

प्रदेश नम्बर–२ का ८ जिल्लामा तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको मतगणना अधिकांश जिल्लामा तारजालीभित्र गरिएको छ ।

पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातेपछि फेरि त्यस्ता घटना दोहोरियोस् भन्नका लागि गणनामा सावधानी अपनाइएको निर्वाचन अधिकृत बताउँछन् ।

सबैजसो मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अधिकांश मतगणनास्थलमा ग्याबिङ जाली लगाइएको छ ।

ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिलाई ग्याबिङ जालीबाहिर राखिएको छ । मतपत्र गनिसकेपछि तारजालीभित्रैबाट मतपत्र देखाइन्छ । दलका प्रतिनिधिले पनि यसलाई स्वीकारेका छन् ।

यसरी मतगणनास्थलमा ग्याबिङ जाली नै हालिएको प्रदेश–२ मामात्रै हो । महोत्तरीको बर्दिबासमा भने सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतार नै प्रयोग गरिएको छ ।

नेपालको चुनावी इतिहासमा विगतमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । सर्वसाधारणले पनि मतपत्र बदर हुनुभन्दा यसरी गणना गरेको राम्रै भन्ने प्रतिक्रिया दिएका छन् ।

सबै मतगणनास्थलमा भने तारजालीको प्रयोग गरिएको छैन । बढी प्रभावित, संवेदनशील र अतिसंवेदनशील भनिएका स्थानमामात्र तारजालीभित्र मतगणना भइरहेको हो ।

भिडियो हेर्नुहोस्