
झापा, पुस २९ । पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागलाई अनावश्यक प्रचार गरी तोडमोड गर्न खोजेको भन्दै केसी समर्थक चिकित्सक र अधिवक्ताले आपत्ति जनाएका छन् ।
आईतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै डा. केसीका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले माथेमा कार्यदलले दिएको सुझावको सरकारले खिल्ली उडाएका कारण डा केसी फेरि अनशन बस्नु परेको बताए ।
डा. केसीले संसदलाई निर्देशन दिन खोजेको नभई सरकारले विगतमा आफूसँग गरेको सहमतिअनुसार विधेयक अघि बढाउन सरकारलाई आग्रह गरेको उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्