Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्रीले कार्यकक्षमै कुटे सचिव (भिडियो)


0
Shares

जनकपुर, पुस २९ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् ।

आफूले भनेको एनजीओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाले बताए । आफूले भनेको एनजीओलाई योजना नपारिदिएको भन्दै सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटेको सचिव झाको भनाइ छ ।

कुटपिटलगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ ।

उता, मन्त्री यादवले भने सचिवले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेका छन् । सञ्चारकर्मीको प्रश्नमा मन्त्री यादवले भने, ‘केही भएकै छैन, मेरो हातमा पनि चोट लागेको छ ।’

भिडियो हेर्नुहोस्