बिराज रोस्यारा
कैलाली, पुस २९ । ‘ए’ डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लवलाई हराउँदै नेपाल पुलिस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा नेपाल पुलिस क्लवले मनाङलाई १–० गोलले पराजित गरेको हो ।
धनगढी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा मनाङलाई पहिलो खेलबाटै बाहिर पठाउन निरकुमार राईको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी सकिए पनि खेलको ७० औं मिनेटमा निरकुमारले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।
स्टार खेलाडीले भरिएको मनाङले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि सफल भएन ।
प्रतियोगिता अन्तर्गत सोमबार भ्याली च्यासल काठमाडौं र रुस्लान थ्री स्टार काठमाडौंबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ ।








प्रतिक्रिया दिनुहोस्