३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


डा. गोविन्द केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकको र्‍याली


0
Shares

इलाम, पुस २९ । डा. गोविन्द केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकहरुले र्‍याली निकालेका छन् ।

डा. केसीले राखेका मागहरु यथाशीघ्र सम्बोधन गर्न उनीहरुले सरकारसँग माग गर्दै र्‍याली निकालेका हुन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा. केसी गत बुधबारदेखि १६ औं सत्याग्रहका क्रममा इलाममा आमरण अनशनरत छन् ।

यसैबीच, डा. केसीको वार्ता टोलीका संयोजक डा.अभिशेक सिंह र उनको टोलीले इलाम आएर डा. केसीकोस्वास्थ्य जाँच गरेको छ ।