
पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका–१ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।
यस्तै, अर्नमा गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादी केन्द्रका गफार मियाँले ७२४ मत ल्याइ विजयी भएका छन् ।
जिल्लाको कल्याणपुर नगरपालिका–१ र २ को वडाध्यक्षमा राजपाका क्रमशः विशेश्वर मुखिया र जयराम कामती विजयी भएका छन् ।
यस्तै, औरही गाउँपालिका–१ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका तुलसी ठाकुर र भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा सोही पार्टीका बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, धनगढीमाई नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका सूर्य नारायण महतो र लहान नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शियाराम यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्