
मतगणना भईरहेका १७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा फोरम नेपाल अगाडि छ भने ५ स्थानीय तहमा नेपाली कांग्रस अगाडि छ ।
हनुमाननगर र वोदेवरसाईन नगरपालिका तथा विष्णुपुर, तिरहुत, वलानविहुल र महदेवा गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने खडक, कञ्चनरुप नगरपालिका तथा वेल्ही चपेना, अग्निसाईर कृष्णसवरन र रुपनी गाउपालिकामा नेपाली कांग्रस अगाडि छ ।
यस्तै सप्तकोशी र सुरुङ्गा सहित २ नगरपालिकामा नेकपा एमाले तथा डाकनेश्वरी नगरपालि र तिलाडि–कोईलाडि गाउँपालिका सहित २ स्थानमा राजपा अगाडि छ ।
यस्तै, छिन्नमस्ता गाउँपालिकामा नयाँशक्ति र शम्भुनाथ नगरपालिकामा फोरम लोकतान्त्रीक अगाडि छ ।
सप्तरीका १६४ वटा वडा मध्ये राजविराज नगरपालिकाका १६ वटा वडाको मतगणना रोकिएको छ ।
मतगणना भईरहेका वडा १४८ मध्ये एमाले ६, कांग्रेस ५, राजपा ३ तथा फोरम लोकतान्त्रीक र संघिय समाजवादी फोरम नेपालले १-१ वडामा जित हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्