११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी २४८ भन्दा बढीको मृत्यु


0
Shares

७.१ म्याग्निच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको सहरका धेरै घर ध्वस्त भएका छन् ।

विद्यालय भवन भत्कँदा २० जना बालबालिकाको मृत्यु भएको छ भने ३० भन्दा बढी हराइरहेका छन् ।

जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जीवितै उद्धारको प्रयास गरिरहेका छन् ।

भूकम्पका कारण क्षति पुगेपछि मेक्सिको सहरको विमानस्थलको सेवा स्थगित गरिएको छ भने सहरका सयौं भवनबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।

राजधानीका करिब २० लाख मानिस विद्युत् सेवाबाट बन्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ ।

३२ वर्षअघि १० हजार मानिसको मृत्यु हुनेगरी गएको भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला यो भूकम्प गएको हो । मेक्सिको भूकम्प गइरहने मुलुकमा पर्दछ ।

गत महिना दक्षिणी क्षेत्रमा गएको ८.१ म्याग्निच्यूडको भूकम्पका कारण कम्तीमा ९० जनाको मृत्यु भएको थियो । (एजेन्सी)