
प्रदेश नम्बर–२ मा सोमबार भएको मतदानको सार्वजनिक पहिलो नगरपालिकाको मतपरिणाम राजपाको पक्षमा गएको हो ।
मतपरिणामअनुसार धनुषा जिल्लाको हंशपुर नगरपालिकाको मेयरमा राजपाका रामज्ञान मण्डल विजयी भएका हुन् । मण्डलले ३ हजार ३२० मत पाएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप यादवले ३ हजार २२९ मत ल्याए ।
यसैगरी, उपमेयरमा पनि राजपाकै रेणुदेवी झा विजयी भएकी छन् । उनले ३ हजार २७६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ ल्याइन् ।
प्रतिक्रिया दिनुहोस्