
मतगणनाको बुधबार दिउँसो साढे ३ बजेसम्म प्राप्त पछिल्लो परिणाममा राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले १४०२ मत ल्याउँदा कांग्रेसका अजय द्वीवेदीले १२०० मत पाएका छन् । उपमेयरमा पनि राजपा उम्मेदवार नै अगाडि छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिकामा पनि कांग्रेसभन्दा राजपा निकै मतले अगाडि देखिएको छ ।
राजपाका मेयर उम्मेदवारले ३१३१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १३०५ मत मात्र मत प्राप्त गरेका छन् । उपमेयरमा पनि राजपा उम्मेदवारले २००७ मत पाएका छन् भने कांग्रेसका उपमेयरका उम्मेदवारले १११७ मत पाएका छन् ।
बाराको दुई उपमहानगरमध्ये कलैयामा संघीय समाजवादी फोरम नेपाल र जितपुर–सिमरामा एमालेले अग्रता लिएको छ ।
कलैया उपमहानगरपालिकाको मेयरमा संघीय फोरमले ८२८ मत ल्याउँदा एमालेले ७५३ र कांग्रेसले ५१९ मत पाएको छ ।
यस्तै, जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा एमालेले ३३१७ मत पाउँदा माओवादी केन्द्रले २७६४ र कांग्रेसले २३५० मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस्