१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


लहान नगरपालिकाको मतगणना पुनः अवरुद्ध


0
Shares

लहान नगरपालिका–५ को मतपरिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली कांग्रेसका प्रतिनिधिले लिएपछि मतगणनाकार्य पुनः अवरुद्ध भएको हो ।

कांग्रेस पुनः मतगणना गर्नुपर्ने र नेकपा एमाले मतपरिणाम घोषणा गर्नुपर्ने अडानमा कायमै रहेपछि दिउँसो ३ः०० बजेदेखि मतगणना रोकिएको दलका प्रतिनिधिले बताएका छन् । विवाद भएपछि एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको छ ।

यसअघि, मंगलबार लहान नगरपालिका ३ नम्बर वडाको मतगणनाप्रति असन्तुष्टि जनाउँदै पुनः मतगणना गर्नुपर्ने माग संघीय समाजवादी फोरम नेपालले अघि सारेपछि मतगणना अवरुद्ध भएको थियो ।

दलसँग सहमति भएपछि बुधबार बिहानदेखि पुनः मतगणना सुरु भएको थियो ।

वडा नम्बर–५ को मतपरिणाम घोषणा नहुन्जेलसम्म आफ्नो प्रतिनिधि नपठाउने एमालेका नेताले बताएका छन् । उजुरीपछि ४ र ६ नम्बरको मतगनणासमेत रोकिएको छ । एमाले कार्यकर्ताले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

सहायक निर्वाचन अधिकृत पवन गुप्ताले दलसँग मतगणना पुनः थाल्न छलफल भइरहेको बताए । रासस