१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


मतगणना किन सुस्त ? (भिडियो)


0
Shares

जिल्ला निर्वाचन कार्यालयले समयमै मतगणनाको व्यवस्थापन गर्न असफल बनेपछि बारालगायत प्रदेश नम्बर–२ का अधिकांश स्थानमा मतगणना सुस्त बनेको हो ।

बाराका १६ स्थानीय तहको ८ मतगणनास्थलमा हालसम्म २ हजार मतसमेत गणना गरेको देखिँदैन ।

स्थानीय जनप्रतिनिधिका परिणाम सुन्न गाउँ–गाउँबाट आएका सर्वसाधारण दिक्क बन्दै घर फर्कन थालेका छन् ।

निर्वाचन कार्यालयले पूर्वतयारी नगरेकै कारण मतगणना ढिलो भएको स्थानीयको आरोप छ ।

गणनास्थलमा सूचनासमेत ढिलो भएको भन्दै आयोगले आफ्नो काम सच्याउनुपर्ने माग सर्वसाधारणको छ ।

२ उपमहानगरपालिका ५ नगरपालिका ९ गाउँपालिकासहित १६ स्थानीय तह रहेको बारामा ४ हजार ८४३ उम्मेदवार रहेका छन् भने ३ लाख ३४ हजार ७४६ मतदाता रहेका छन् ।

७ गतेसम्म निर्वाचनको परिणाम सम्पन्न गरिने बताएपनि यही गतीमा पूरा हुन नसक्ने देखिन्छ ।

बाराको सुगम क्षेत्रका गणनास्थलमासमेत एउटा वडाको मतपरिणम आउन दुई दिनसम्म लाग्ने गरेपछि नेता–कार्यकर्ताकोसमेत चिन्ता र चासो बढेको छ ।

मतगणनास्थल बढाएर निर्वाचन आयोग र सरकारले काम थाल्नुपर्ने मतदाता बताउँछन् ।

कतिपय सर्वसाधारणले निर्वाचन कार्यालयको काम र शैलीप्रति आशंकासमेत व्यक्त गर्न थालेका छन् ।

यता, जिल्ला निर्वाचन कार्यालयले कर्मचारी पर्याप्त नहुँदा गणना ढिलो भएको स्वीकार्दै अन्यत्र जिल्लाबाट कर्मचारी मगाउनेबारेमा छलफल गरिने जनाएको छ ।

भिडियो हेर्नुहोस्