Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालको लगातार दोस्रो जित


0
Shares

काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन । यस्तै सिता राना मगरले १६ रन जोडिन । ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् ।

मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो ।

मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिइन्  ।

यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए । जितसंगै समूह ’ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ ।

पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।