१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


प्रदेश नम्बर–२ स्थानीय निर्वाचनको मतगणना जारी, काँग्रेसको अग्रता कायमै


0
Shares

केही स्थानको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसके पनि अन्य स्थानको गणना जारी छ ।

गणना भइरहेका धेरै स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । अहिलेसम्म कांग्रेसले ४३ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

त्यसैगरी संघीय समाजवादी फोरम २५, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी २१, नेकपा एमाले १९, लोकतान्त्रिक फोरम १ र अन्यले ६ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।