१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


वीरगन्ज महानगरमा राजपालाई काँग्रेसले उछिन्यो, जनकपुरमा राजपालाई अग्रता


0
Shares

निकै सुस्त गतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्वीवेदीले २३८६ मत पाउँदा राजपाका राजेशमान सिंहले २२८६ मत पाएका हुन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका पनि नेपाली कांग्रेसभन्दा राजपा निकै मतले अगाडी देखिएको छ ।

राजपाका मेयर उम्मेदवारले ४९२८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १६६३ मत मात्र प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।

बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा एमालेले अग्रता लिएको छ ।

कलैया उपमहानगरपालिकामा एमालेले १६९२, संघीय फोरमले १५९० र कांग्रेसले ११२५ मत पाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा भने एमालेले ५६७९ मत पाउँदा माओवादी केन्द्रले ४७०६ र कांग्रेसले ३७३५ मत पाएका छन् ।