१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


१८ स्थानीय तहको नतिजा सार्बजनिक, काँग्रेस ६ स्थानमा विजयी (हेर्नुहोस अन्य नतिजा)


0
Shares

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ६ र नेकपा एमाले चार स्थानीय तहमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी २÷२ स्थानीय तहमा विजयी भएका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह ४५२१ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भएकी छिन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नीलाम्बर यादव २१५५ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा अजीरदेवी यादव १९९६ मतसहित विजयी भएकी छिन् ।

सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्षमा संघीय फोरमका बेचनप्रसाद यादव ३०५८ मतसहित र उपाध्यक्षमा फोरमकै सीतादेवी यादव ३०१६ मतसहित विजयी भए ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुलबारिक शेख २७१७ मतसहित विजयी विजयी भएका छन् ।

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वमोहन यादव २३०३ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २३७७ मतसहित विजयी भएका छन् ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ब्रम्हदेव यादव विजयी भएका छन् । त्यसैगरी धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज यादव विजयी भएका छन् ।

सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् ।

रौतहटको परोहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शेख वकिल ४४०० मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकै सुगन्धी गिरी ५९२० मतसहित विजयी भएकी छन् ।

सिरहाको अर्नमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठकु महतो कोइरी २२३६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा केन्द्रकै शियावती मुखिया २२९९ मतसहित विजयी भएकी छिन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरी २९५७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता चौधरी विजयी भइन ।

सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा नेकपा एमालेका उत्तम गौतम ३०३९ मतसहित विजयी भएका छन् उपमेयरमा पनि एमालेकै आशा चौधरी ३२२७ मतसहित विजयी भएकी छिन् ।

त्यसैगरी सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उषादेवी १९३५ मतसहित विजयी भइन ।

धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २३७७ मतसहित विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २२९९ मत ल्याएर विजयी भइन ।

रौतहटको इशानाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५७५८ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन ५२३६ मत ल्याएर विजयी भएकी छिन् ।

सिरहाको विष्णूपुर गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादीका जागेश्वर यादव १९४० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि संघीय समाजवादीकै देवी सिंह २७०० मतसहित विजयी भएकी छिन् ।

यसैगरी धनुषाको हंशपुर नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३३२० मतसहित विजयी भएका छन् ।

उपमेयरमा राजपाकै रेणुदेवी झा ३२७६ मतसहित विजयी भएका छन् ।

यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी भएका छन् भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भइन ।