१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी


0
Shares

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ठोरी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार पदमलाल श्रेष्ठ विजय भएका छन् ।

श्रेष्ठले २८०२ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका लाबहादुर श्रेष्ठलाई ४ सय ३९ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका श्रेष्ठले २३६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी ठोरी गाउँपालिकाको उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ ।

माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार शान्ति माया थिङ्गले २४६३ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी गोकुली कुमारी रेग्मीलाइ पराजित गरेकी छिन । रेग्मीले २३०२ मत प्राप्त गरकी थिईन ।

ठोरीगाउँपालिकामा रहेको ५ वटा वडाको पनि मतपरिणाम सार्बजनिक भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको जानकारी अनुसार ठोरी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका राम प्रकाश कुँवर विजयी भएका छन् ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका किशोर तामाङ विजय भएका छन् । त्यसैगरी वडा नम्बर ३ मा पनि माओवादी केन्द्रका सुर्य बहादुर लामा विजयी भएका छन् ।

वडा नम्बर ४ मा पनि माओवादी केन्द्रको उम्मेदवार बी बहादुर तामाङले विजयी हासिल गरेका छन् भने वडा नम्बर ५ ना नेकपा एमालेका राम बहादुर पाख्रिन विजय भएका छन् ।