
रौतहटका १८ स्थानीय तहमध्ये प्रमुख पदको परिणाम सार्वजनिक भएको यो दोस्रो नगरपालिका हो ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयर पदमा कांग्रेसका शेष वकिलले ६३३० मत र उपमेयरमा कांग्रेसकै सुगान्धी देवीले ६०९८ मत ल्याइ विजयी भएका हुन् ।
उनीहरुका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेयर पदका उम्मेदवार अरुणकुमार जैयसवालले ४०७७ र माओवादी केन्द्रकै उपमेयरका उम्मेदवार पुनम पटेलले ३९५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि, रौतहटको ईशानाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको थियो ।
मेयर पदमा लोकतान्त्रिक फोरमका सन्तोष मेहताले ५७८५ र उपमेयरमा लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्