१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


कांग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु, उम्मेदवार नै फरार


0
Shares

कांग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।

बुुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्कनेक्रममा कांग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए/नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर कांग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकोमा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर–८ का कांग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरा भुुटा यादव, अनुुठा यादव र बैजुु साहलाई बुधबार राति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही व्यक्ति फरार रहेको इप्रका गरुडाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बुधबार राति कांग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोटकै विषयलाई लिएर भएको झगडा छुुट्याउन गएका रामपुुकारमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्युु भएको बताए ।

घटनाबारे प्रहरीबाट थप अनुुसन्धान भइरहेको छ । रासस