११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


शान्तिपूर्ण रूपमा नाकाबन्दी अन्त्य गर्न कतारको आग्रह


0
Shares

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सम्बोधन गर्दै अमिर थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्नुपर्ने बताउँदै कतार संकट समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

कुनै जानकारी र पूर्व चेतावनी बिना नाकाबन्दी लगाउनु जायज नभएको भन्दै उनले हरेक राज्यको सार्वभौमसत्ताको सम्मान गरेर असझदारी अन्त्य गर्न आग्रह गरे । साउदी अरव, बहराइन, इजिप्ट र यूएईलगायत देशले गत जुन ५ देखि कतारसँग कूटनीतिक सम्बन्ध तोडेर नाकाबन्दी लगाएका छन् ।

कतारले आतंकवादलाई सहयोग गरेको आरोप यी देशले लगाएपनि कतारले भने आरोपको अस्वीकार गर्दै आएको छ । कतारसँग सम्बन्ध तोड्दै ती देशले कतारलाई हवाई, सामुद्रिक र जमिनको बाटोमा समेत प्रतिबन्ध लगाएका छन् ।

अमिर अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्दै कतार समस्या समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एजेन्सी