१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


२६ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ८, माओवादी केन्द्र ५, एमाले ४, राजपा ४ मा विजयी


0
Shares

बिहीबार दिउँसो साढे ३ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एमाले ४ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ४ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, संघीय समाजवादी फोरम ३ र नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएका छन् ।

प्राप्त पछिल्लो परिणामअनुसार रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रीनाकुमारी साह ३९१२ मत ल्याएर विजयी भएकी छन् भने उपप्रमुखमा सोही पार्टीका गौरीशंकर जैसवाल ३८८९ मत ल्याएर विजयी भएका छन् ।

सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका किशुनदेव राय विजयी भएका छन् भने उपाध्यक्षमा समाजवादी फोरमकै इन्द्रकलादेवी विजयी भएकी छन् ।

यस्तै, सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थदास यादव विजयी भएका छन् । उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सीतादेवी यादव विजयी भएकी छन् ।

यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयरमा राजपाका शिवनारायण साह र उपमेयरमा राजपाकै इन्दुदेवी यादव विजयी भएका छन् ।

यस्तै, बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दनकुमार सिंह २३३० मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा राजपाकै रामपतिदेवी महतो २१५३ मत ल्याइ विजयी भएकी छन् ।