
बिहीबार दिउँसो ३ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा एमाले ४, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ४ र नेकपा माओवादी केन्द्र ४ स्थानीय तहको प्रमुख÷अध्यक्षमा विजयी भएका छन् ।
यस्तै, संघीय समाजवादी फोरम ३ र नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएका छन् ।
प्राप्त पछिल्लो परिणामअनुसार सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका किशुनदेव राय विजयी भएका छन् भने उपाध्यक्षमा समाजवादी फोरमकै इन्द्रकला देवी विजयी भएकी छन् ।
सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थदास यादव विजयी भएका छन् । उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सीतादेवी यादव विजयी भएकी छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा राजपाका शिवनारायण साह र उपप्रमुखमा राजपाकै इन्दुदेवी यादव विजयी भएकी छन् ।
बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दनकुमार सिंह २३३० मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा राजपाकै रामपतिदेवी महतो २१५३ मत ल्याइ विजयी भएकी छन् ।
पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ २८०२ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा सोही पार्टीकी शान्तिमाया थिङ २४३५ मतसहित विजयी भएकी छन् ।
सप्तरीको बेल्ही–चपेना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका परमानन्द यादव ३५४५ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकै उषादेवी मण्डल निर्वाचित भएकी छन् ।
बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुवनेश्वर धामी ३३२९ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै चित्ररेखा चौधरी ३३७२ मतकासाथ विजयी भएकी छन् ।
सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह ४५२१ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भएकी छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नीलाम्बर यादव २१५५ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै अजीरदेवी यादव १९९६ मतसहित विजयी भएकी छन् ।
सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका बेचनप्रसाद यादव ३०५८ मतसहित र उपाध्यक्षमा समाजवादी फोरमकै सीतादेवी यादव ३०१६ मतसहित विजयी भएका छन् ।
धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुलबारिक शेख २७१७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै भारती कार्कीले ३०५१ मत प्राप्त गरी विजयी भइन् ।
सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वमोहन यादव २३०३ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २३७७ मतसहित विजयी भएकी छन् ।
धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ब्रम्ह्देव यादव विजयी भएका छन् ।
त्यसैगरी, धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज यादव विजयी भएका छन् ।
सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् ।
रौतहटको परोहा नगरपालिकाको प्रमुखमा कांग्रेसका शेख वकिल विजयी भएका छन् भने उपप्रमुखमा कांग्रेसकै सुगन्धी गिरी भएकी छन् ।
सिरहाको अर्नमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठकु महतो कोइरी २२३६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा माओवादीकै शियावती मुखिया २२९९ मतसहित विजयी भएकी छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरी २९५७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन् ।
सप्तरीको सप्तकोसी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उत्तम गौतम ३०३९ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै आशा चौधरी ३२२७ मतसहित विजयी भएकी छन् ।
त्यसैगरी, सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उषादेवी १९३५ मतसहित विजयी भएकी छन् ।
धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २३७७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २२९९ मत ल्याएर विजयी भएकी छन् ।
रौतहटको इशानाथ नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५७५८ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन ५२३६ मत ल्याएर विजयी भएकी छन् ।
सिरहाको विष्णु गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका जागेश्वर यादव १९४० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि संघीय समाजवादीकै देवी सिंह २७०० मतसहित विजयी भएकी छन् ।
यसैगरी, धनुषाको हंशपुर नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३३२० मतसहित विजयी भएका छन् । उपप्रमुखमा पनि राजपाकै रेणुदेवी झा ३२७६ मतसहित विजयी भएकी छन् ।
यस्तै, सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी भएका छन् भने उमप्रमुखमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्