
अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव र उपाध्यक्षमा फोरमका सीतादेवी यादव विजयी भएका छन् ।
अध्यक्षमा विजयी सिद्धार्थले दुई हजार ६५८ तथा उनका निकटतम् प्रतिद्वन्द्वी फोरमका शिवजी यादवले दुई हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा विजयी फोरमकी सीतादेवीले दुई हजार ६३२ तथा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी देवझरीदेवी यादवले दुई हजार ४५९ मत प्राप्त गरे ।
यससँगै हालसम्म माओवादी केन्द्र सिरहाका तीन स्थानीय तहमा विजयी भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्