
फाइल तस्विर
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष पदका उम्मेदवार महन्थी यादवको मतदानको एक दिनअघि मृत्यु भएपछि सो वडाको मतदान स्थगित भएको थियो ।
जनता आधारभूत निम्न माध्यमिक विद्यालय देउरी–भरुवा र आधारभूत निम्न माध्यमिक विद्यालय मुसहर्निया मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचनकार्य सम्पन्न भएको छ । कुल १ हजार ६३९ मतदाता रहेकामा ७८ प्रतिशत मतदान भएको जनाइएको छ ।
सो वडाको मतपेटिकाहरु राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा राखेर सर्वदलीय बैठकको निर्णयपश्चात् बिहीबारैदेखि मतगणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्