११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


चीन–पाकिस्तान सैन्य अभ्यासबारे अफबाह नफैलाउन चीनको चेतावनी


0
Shares

चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, ‘कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफबाह नफैलाउनु राम्रो कुरा हुनेछ ।’

सैन्य अभ्यास चलाउनु अन्तर्राष्ट्रिय अभ्यास हो । विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको सेनाको सैन्य क्षमता बढाउन र राष्ट्रिय सुरक्षा तथा राष्ट्रियताका लागि आवश्क हुन्छ, उनले थपे ।

शाहीन छैठौँ नामक संयुक्त सैन्य अभ्यासलाई लिएर केही मुलुकले राखेको चासोप्रति चिनियाँ सेनाले सपष्टिकरण दिएको हो ।

चीनले पाकिस्तानसँग सेप्टेम्बर २७ देखि जे–११ युद्धक विमान, ‘जेएच–७ फाइटर बम्बर केजे–२०० एडव्लुब्सीएस’ विमान तथा स्थलसेनाको संयुक्त अभ्यास गर्दैछ ।रासस/सिन्ह्वा