१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


वीरगञ्ज महानगरमा कांग्रेसलाई अग्रता, जनकपुर उपमहानगरमा राजपा अगाडि


0
Shares

निकै सुस्त गतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्विवेदीले ३,९३९ मत पाउँदा राजपाका राजेशमान सिंहले ३,८३२ मत र संघीय फोरमका विजय सराबगीले ३,५२१ मत पाएका छन् ।

जनकपुर उपमहानगरपालिका भने कांग्रेसभन्दा राजपा निकै धेरै अगाडि रहेको छ । राजपाका मेयर उम्मेदवारले ८,५१८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले २,८४८ मत मात्र प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।

बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा एमालेले अग्रता लिएको छ । कलैया उपमहानगरपालिकामा एमालेले २,९४६, संघीय फोरमले २,५५४ र कांग्रेसले २,२६० मत पाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा भने एमालेले ९,२०९ मत पाउँदा माओवादी केन्द्रले ७,८५० र कांग्रेसले ७,००४ मत पाएका छन् ।