
मतगणनाको प्रारम्भमा अग्रता लिएको राष्ट्रिय जनता पार्टीका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् ।
निकै सुस्त गतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयरमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन् । उनले ५६९८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका विजय सरावगीले ५२३८ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ४३५० मत पाएका छन् ।
जनकपुर उपमहानगरपालिका भने राष्ट्रिय जनता पार्टी निकै अगाडि देखिएको छ ।
जनकपुरमा राजपाका मेयरका उम्मेदवारले १४ हजार ३२२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवारले ५ हजार ७३१ मत मात्र प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।
बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा भने एमालेले अग्रता कायमै राखेको छ ।
कलैया उपमहानगरपालिकामा एमालेले ४०७२, संघीय समाजवादी फोरमले ३९९९ र कांग्रेसले ३६५९ मत पाएका छन् ।
जितपुर–सिमरा उपमहानगरपालिकामा भने एमालेले ११ हजार ५७३ मत पाउँदा नेपाली कांग्रेसले ९९७१ र माओवादी केन्द्रले ८४४८ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्