
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १९ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विदुरकुमार कार्की विजयी भएका छन् ।
उपमेयरमा पनि माओवादीकै कृष्णकुमारी गौतम विजयी भइन । सर्लाहीको हरिऔन नगरपालिकाको मेयरमा नेकपा एमालेका गणेश प्रसाईं ६०५४ मत प्राप्त गरी विजयी भए ।
उपमेयरमा पनि एमालेकै रेणुका पौडेल ५९९८ मत प्राप्त गरी विजयी भइन ।
पर्साको जगनाथपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियाँ मन्सुरी ३४०१ मत प्राप्त गरी विजयी भएका छन् ।
उपाध्यक्षमा संघीय समाजवादीकी बिस्मिल्लाह खातुन ३१४१ मत ल्याएर विजयी भएकी छन् ।
सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा राजपाका देवेन्द्रकुमार यादव ३९०२ मत ल्याएर विजयी भएका छन् ।
उपमेयरमा राजपाकै अन्जना कुसहवा ४९७५ मत ल्याएर विजयी भइन । ५६६ मत प्राप्त गरी विजयी भइन । ।
प्रतिक्रिया दिनुहोस्