१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


बर्दिबास र छिपहरमाईमा माओवादी केन्द्र, जलेश्वरमा राजपा विजयी


0
Shares

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गरेको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिए ।

त्यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले दुई हजार ८३१ मत प्राप्त गरी विजयी भएकी छिन् ।

यता, जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ ।

प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए ।

त्यस्तै, उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतोले चार हजार ५६६ मत प्राप्त गरी विजयी भइन भने उनकै निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गरिन् ।

त्यसैगरी, यता बर्दिवास नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

प्रमुखमा विदुरकुमार कार्कीले नौ हजार १८७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले आठ हजार ८३५ मत प्राप्त गरी विजयी भइन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसकै तारादेवी महतोले सात हजार २३ मत प्राप्त गरिन् ।
रासस