
मतगणनाको प्रारम्भमा अग्रता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् ।
निकै सुस्तगतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन् । उनले ७३१४ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले ६८२५ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ५२१२ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्