२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुन सक्छ : उपप्रधानमन्त्री पोखरेल


0
Shares

चितवन, पुस २८ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

भरतपुरमा जारी नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्न आग्रह गर्दै कर्मचारीलाई असर पर्ने काम नहुने स्पष्ट पारे । नयाँ राज्य व्यवस्थामा कानून र संरचना नबन्दा समस्या भएको भन्दै उनले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए ।

फागुनभित्रै कानून निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको छ भन्दै उनले सरकारले पाँच वर्षभित्र कायापलट गरेर देखाउने जिकिर गरे ।