
राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणमभन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।
सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उनले बताए ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए शनिबारैबाट मतगणना पुनःसन्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्