१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


बाराको स्वर्णपुरमा फोरम नेपालको जित


0
Shares

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाकाअनुसार समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याइ गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राकेश यादवले दुई हजार ६९० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा फोरम नेपालकै बबिता यादव तीन हजार ४७५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मदिफन खातुनले एक हजार ९८७ मत प्राप्त गरेकी छन् । रासस