१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा जनता दलका उम्मेदवार विजयी


0
Shares

जनता दलका दीपनारायण रौनियार (मन्टु)ले तीन हजार २६ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी फोरम नेपालका प्रद्युन चौहानले दुई हजार ७६७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, उपप्रमुखमा फोरम नेपालका सलमा खातुनले दुई हजार ७०४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता दलकी बिनादेवी बैठाले दुई हजार ४९५ मत प्राप्त गरेकी छन् । रासस