१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


वीरगन्जमा कांग्रेसकै अग्रता, राजपा तेस्रोमा


0
Shares

मतगणनाको प्रारम्भमा अग्रता लिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् ।

निकै सुस्तगतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन् । उनले ८११२ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले ७९५७ मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ५८५९ मत पाएका छन् ।