१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


वीरगन्जमा कांग्रेसलाई फोरम नेपालले उछिन्यो


0
Shares

मतगणनाको प्रारम्भमा अग्रता लिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् ।

निकै सुस्तगतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयर पदमा अहिले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अगाडि देखिएका छन् ।

यसअघि, दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका विजय सरावगी शनिबार साँझ सवा ७ बजेसम्मको पछिल्लो परिणाममा ८४१० मतसहित अगाडि छन् ।

नेपाली कांग्रेसका अजय द्विवेदीले दोस्रो स्थानमा रहँदै ८३३८ मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ६१४३ मत पाएका छन् ।