
शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा एमालेका उम्मेदवार रामप्रित महतो र उषा चौधरी विजयी भएका छन् ।
अन्तिम परिणामअनुसार एमालेका महतोले दुई हजार ९५९ मत हासिल गरी अध्यक्षमा विजयी भए ।
उपाध्यक्ष पदमा चौधरीले दुई हजार ५५३ मत हासिल गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्