
शनिबार साँझ साढे ७ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३४, संघीय समाजवादी फोरम नेपाल २१, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल २० स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।
त्यसैगरी, नेकपा एमाले १३, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाको प्रमुखमा राजपाका शैलेस साह ५७२० मत ल्याइ विजयी भएका छन् । उपप्रमुखमा राजपाकै सरितादेवी यादव ५४१७ मतसहित विजयी भइन् ।
पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा कांग्रेसका जितेन्द्र साह तेली ३४८१ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै गायत्रीदेवी यात्री ३८१८ मत ल्याइ विजयी भइन् ।
पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रित महतो २९५९ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै उषा चौधरी २५३८ मतले विजयी भएकी छन् ।
पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका प्रदीप जैसवाल ३६५७ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा सोही पार्टीकी फूलकुमारी थरुनी ३६७२ मतसहित विजयी भइन् ।
प्रतिक्रिया दिनुहोस्