१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी


0
Shares

राजपा नेपालको तर्फबाट सिंहले दुई हजार ९८७ मत प्राप्त गरी प्रमुखमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अरुण यादवले दुई हजार ८७२ मत प्राप्त गरे ।

त्यस्तै, उपप्रमुख पदमा राजपाकै यादवले दुई हजार ९६२ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी अनुपन सिंहले एक हजार ९७३ मत प्राप्त गरेकी छन् ।

यसैबीच, गाउँपालिका प्रमुखमा निर्वाचित भएका सिंहले निर्वाचित भएलगत्तै झाडू बोकेर मतगणनास्थलमा रहेको अत्यधिक फोहोरलाई सफा गरेका छन् ।

अविरले रंगिएका उनी आफैं मतगणनास्थलमा रहेको फोहोर सफा गर्ने कार्यमा जुटेको बताइएको छ ।

खडक नगरपलिका–१० को मतगणना पुनः सुरु
यसैबीच, खडक नगरपालिकाको वडा नम्बर–१० को मतगणना पुनः शनिबारदेखि सुरु भएको छ ।

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको भन्दै नेकपा एमाले, राजपा, संघीय समाजवादी फोरम नेपाललगायत दलका उम्मेदवार र प्रतिनिधिले मतगणनामा सहभागी नहुने अडान लिएपछि त्यहाँ मतगणना अवरुद्ध थियो ।

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रका विषयमा विवाद मिलेपछि शनिबार साँझदेखि पुनः मतगणना सुरु भएको हो ।

खडक नगरपालिका–१० को मतगणनाकाक्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको १० ओटा मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिस्कार गरेकाले शुक्रबार साँझ ६ बजेदेखि त्यहाँ मतगणना अवरुद्ध भएको थियो । रासस