१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


११५ स्थानको मतपरिणाम सार्वजनिकः कसले–कति स्थानीय तहमा जिते ?


0
Shares

शनिबार राति पौने ९ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३४, संघीय समाजवादी फोरम नेपाल २१, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल २० स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, नेकपा एमाले १४, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार सर्लाहीको ईश्वरपुर नगरपालिकाको प्रमुखमा एमालेका मनोज देवकोटा ६५६० मतसहित विजयी भएका छन् । उपप्रमुखमा एमालेकै एकावती चौधरी ६६७८ मत ल्याएर विजयी भइन् ।

सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाको प्रमुखमा राजपाका शैलेस साह ५७२० मत ल्याइ विजयी भएका छन् । उपप्रमुखमा राजपाकै सरितादेवी यादव ५४१७ मतसहित विजयी भएकी छन् ।

पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा कांग्रेसका जितेन्द्र साह तेली ३४८१ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै गायत्रीदेवी यात्री ३८१८ मत ल्याइ विजयी भइन् ।

पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रित महतो २९५९ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै उषा चौधरी २५३८ मतले विजयी भएकी छन् ।