१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी


0
Shares

शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा काँग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी विजयी भएकी छन भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिन्दुलाकुमारी देवी झाले दुई हजार ७६९ मत प्राप्त गरेकी थिइन ।

सोही नगरपालिकाको वडा नं १, २, ३ मा काँग्रेस, ४ मा नेपाल फोरम लोकतान्त्रिक, ५ मा एमाले ,६ मा नेपाल लोकतान्त्रिक फोरम, ७ र ८ मा संघीय समाजवादी फोरम नेपाल, ९ र १० मा नेपाली काँग्रेस तथा वडा नं ११ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

नगरपालिकाका प्रमुख हेमायु पूर्वस्वतन्त्र सांसद मोहम्द सदरुल मियाँ हकका छोरा हुन् । उनको करिब चार वर्ष अगाडि आफ्नै परिवारका सदस्यबाट हत्या भएको थियो ।

सदरुल मियाँ २०६४ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा क्षेत्र नं ५ बाट सांसद बनेका थिए ।