
महानगरको मेयरका प्रत्यासी नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् ।
पछिल्लो जानकारी अनुसार उनले ९९४६ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ९८२८ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ६९३९ मत प्राप्त गरेका छन् ।
जनकपुर उपमहानगरपालिका भने राष्ट्रिय जनता पार्टी निकै अगाडि देखिएको छ ।
जनकपुरमा राजपाका मेयरका उम्मेदवारले १७ हजार ७९३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवारले ८ हजार २९२ मात्र मत प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।
बाराको दुई उपमहानगरमध्ये जितपुर–सिमरामा एमालेले जित हात पारिसकेको छ भने कलैयामा एमालेले नै अग्रता कायमै राखेको छ ।
कलैया उपमहानगरपालिकामा अहिलेसम्म एमालेले ६०१७, कांग्रेसले ५८७५ र संघीय समाजवादी फोरमले ५४१० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्