
कञ्चनपुर, पुस २८ । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक र्याफ्टिङ सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाले वडा नम्बर ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा र्याफ्टिङ सुरु गरेको हो । महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवर्द्धनका लागि र्याफ्टिङ परीक्षण गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार निर्माण र प्रचार वर्ष घोषणा गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा नदीमा र्याफ्टिङ सञ्चालनका लागि स्थलगत अध्ययन गरेको थियो ।
यसअघि भारतीय पक्षले नदीमा र्याफ्टिङ सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म चलाउन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्