१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


वीरगन्ज महानगरमा काँग्रेस र समाजवादी फोरमबीच कडा टक्कर


0
Shares

महानगरको मेयरका प्रत्यासी नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् ।

उनले ९९४६ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ९८२८ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ६९३९ मत प्राप्त गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।

कलैया उपमहानगरपालिकामा अहिलेसम्म एमालेले ६०१७, कांग्रेसले ५८७५ र संघीय समाजवादी फोरमले ५४१० मत पाएका छन् ।