१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


प्रदेश नम्बर २ निर्बाचन: यी हुन मतपरिणाम आउन बाँकी तह


0
Shares

अधिकांशको मतपरिणाम सार्वजनिक भइसकेको छ । अब ११ स्थानको मात्र परिणाम आउन बाँकी छ । महोत्तरी र सिरहाका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका, आदर्श कोटवाल गाउँपालिका र बारागढी गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ ।

सप्तरीको राजविराज र कञ्चनरुप नगरपालिकाको पनि परिणाम आउन बाँकी छ ।

रौतहटको गरुडा र कटहरिया नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ भने धनुषाको सबैला नगरपालिकाको मतगणना जारी छ ।

पर्साको वीरगन्ज महानगरपालिका र सर्लाहीको कविलासी नगरपालिकाको पनि मतगणना भइरहेको छ ।