
मतदान बिहान ८ बजे नै सुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ ।
जर्मन चान्सलर एंगेला मर्केलको लागि लागि महत्वपूर्ण परीक्षणका रुपमा हेरिएको यस निर्वाचनमा उनले चौँथो कार्यकालका लागि उम्मेदवारी दिएकी छन् ।
निर्वाचनले मर्केलको दल ‘क्रिश्चियन डेमोक्रेटिक यूनियन’ (सीडीयु) जर्मनीको संसद्मा सबभन्दा ठूलो दलका रुपमा रहन्छ वा अन्य कुनै शक्ति जर्मनीको राजनीतिमा हावी हुने हो जर्मनहरूले निकै व्यग्रताकासाथ हेरेका छन् ।
जर्मनीकै इतिहासमा दोस्रो विश्वयुद्धपछि पहिलोपटक जर्मन संसद ‘बुन्डेसटाग’मा सबैभन्दा बढी दलले प्रतिनिधित्व गर्नसक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्